३ फागुन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरु ऐन महर र सिराज अहमद फारुकीको राजीनामा स्वीकृत गरेको छ । यौन विचलनमा परेको अडियो सार्वजनिक भएकाले ऐन महरलाई र आर्थिक बिचलनको प्रमाणहरु भेटिएकाले फारुकीलाई बर्खास्त गर्नु पर्ने चर्को दबाब आएपछी उनीहरुको राजिनामा आएको हो । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महर र फारुकी राजीनामा स्वीकृत गरेको हो ।