क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ।
बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो।
सन्दिपले टी-२० विश्वकप क्रिकेट खेल्न दिएको आवेदन यसअघि पनि अस्वीकार भएको थियो।