३१ भदौ, काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । सभापति समितिका एक सदस्यका अनुसार सहकारीबाट पैसा निकाल्न भने रविको भूमिका देखिएको छैन तर रवि लामिछानेलाई सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको पैसा खर्च गर्नमा संलग्न देखाइएको छ। सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाउने तयारी गरेको छ । साथै समितिले गोर्खा मिडियामा रविले लिएको १५ प्रतिशत स्वेट शेयरलाई गैरकानुनी भनेको छ ।