१८ कात्तिक, काठमाडौ । अमेरिकामा जारी नेपाल आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै अलआउट भएको हो । टस जितेर बलिङ रोजेको नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २, २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए । नेपाल यसअघिको पहिलो खेलमा पनि अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । सिरिजअन्तर्गको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।