काठमाडौं– नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्। उनलाई अहिले पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। घरेलु कामदारको रूपमा राखिएकी
नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा शिवाकोटीलाई आज बिहान बिर्तामोड प्रहरीले पक्राउ गरेको हो। झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो।
शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।