ब्रेक फेल भएर स्कुल बस दुर्घटना

उदयपुर । उदयपुरको मदन भण्डारी लोकमार्ग स्थित गाईघाट नेपालटार सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ मवासे दोभानमा स्कुल बस दुर्घटनामा परेको छ। नेपालटारमा रहेको लिटिल फ्लावरस बोर्डिङ स्कुल बस विद्यार्थी लिएर नेपालटारबाट गैयातर्फ जांदै गरेको ना ३ ख  ६१९५  नम्बरको स्कुल बस दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी २० जना घाइते भएका छन्।

ब्रेक फेल भएर  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *