अष्ट्रेलिया विद्यार्थी भिसा प्रक्रियाबारे फैलिएको भ्रामक सूचनामा विश्वास नगर्न ईक्यानको आग्रह

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले सामाजिक सञ्जालमा अष्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रियाबारे फैलिरेहेको भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । 

ईक्यानका अध्यक्ष शेषराज भट्टराईले कम अंक भए पनि भिसा लाग्ने, भिसाको ग्यारेन्टी दिने, डकुमेन्टेसन र फाइनान्स सबै मिलाइदिने झुटो खबर विभिन्न सामाजिक संजालमा प्रकाशन हुन थालेपछि विद्यार्थी, अभिभावक र कन्सल्टेन्सीलाई सचेत गराउन उक्त कदम चालिएको बताएका छन् । 

‘टिकटक र फेसबुकमा धेरै वर्षको ग्याप भए नि अष्ट्रेलिया जान सकिने, अंग्रेजी नआए पनि भिसा लाग्ने भ्रम फैलाउने कुरा आईरहेको छ,’ उहाँ भन्नुहुन्छ, ‘यस्ता कुराहरु अष्ट्रेलियाली कानुनी व्यवस्था, भिसा नीति र प्रक्रियासँग मेल खाँदैनन् र नेपालकै कन्सल्टेन्सीले पनि आधारबिहीन प्रचार गर्न पाउँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *