नेपा डान्स एकेडेमीले आगामी जुलाई १० देखि १६ सम्म युएईको दुबईमा आयोजना हुने विश्व सुप्रेमेसी ब्याटल ग्राउन्ड (World Supremacy Battlegrounds) मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्न लागेको छ। यो प्रतिष्ठित प्रतियोगितामा भारत, न्युजिल्याण्ड, अस्ट्रेलिया लगायत विश्वका थुप्रै देशहरूबाट उत्कृष्ट डान्स समूहहरूको सहभागिता रहनेछ।
टोलीको नेतृत्व वरिष्ठ डान्स डाइरेक्टर तथा कोरियोग्राफर रोहिया महर्जनले गर्नुहुनेछ। साथै, प्रतिभाशाली डान्सर तथा अभिनेत्री सृष्टि महर्जनको विशेष उपस्थितिले टोलीलाई थप बलियो बनाएको छ।
प्रतियोगितामा सहभागी हुने टोलीका सदस्यहरू यसप्रकार छन्:
Fursang, Ishani, Alisha, Riyana, Shristi, Manaki, Samyam, Trinav, Pasang, र Finju।
टोली दुबई प्रस्थान गर्नुअघि नेपाली कला क्षेत्र, परिवारजन तथा शुभेच्छुकहरूबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको छ। सम्पूर्ण राष्ट्रले नेपा डान्स एकेडेमीको सशक्त प्रस्तुति र उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्दै नेपालको कला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास लिएको छ।