भरतपुर । चितवनमा भइरहेका वैदेशिक शिक्षा तथा कामदार भिषा लगाउने भनि खुलेका अनाधिकृत संस्थाहरुको कारण व्यक्तिहरु आर्थिक ठगीमा परेका घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गम्भीर ध्यानाकर्षण जनाएका छ ।
यूनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्ता घटनाले पिडित व्यक्ति, आर्थिक, सामाजिक तथा मानसिक समस्यमा परिरहेका छन् । साथै शैक्षिक परामर्श केन्द्रको नाममा दर्ता गर्ने तर म्यानपावरको काम गर्ने, दर्ता गर्दा एउटा नाम प्रचार गर्दा अर्को नाम, एक ठाँउमा दर्ता गरी अवैध तवरले विभिन्न ठाँउमा शाखा खोल्ने, खुल्लम खुल्ला क्षेत्र अधिकार भन्दा बाहिर गएर कामदार भिसा लगाउने भनी अवैध तवरले पैसा असुल गर्ने, शैक्षिक परामर्श दाताहरुले सेवा शुल्कको नाममा चर्को रकम असुल गर्ने तथ्यहरू सार्वजनिक भएका छन्, यस्ता तथ्यहरू सार्वजनिक हुँदा समेत राज्य प्रशासन गम्भीर नभएको हाम्रो बुझाइ रहेको छ । यस प्रति अखिल (क्रान्तिकारी) चितवनले जिल्ला स.समिती सम्बन्धित निकायलाइ गम्भीर ध्यानाकर्षण गराएका छन्।