१० भदौ, जनकपुरधाम । शिक्षक कुट्ने वडाध्यक्ष पक्राउ परेका छन । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेका थिए । शिक्षक यादवलाई अर्धनग्न बनाएर पाता फर्काए हता बाँधेर कुटपिट गरिरहेको भिडियो बाहिरिएको थियो । कुशवाहा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । घटना लगतै पीडित शिक्षक यादवले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटना बाहिरिएपछि माओवादीले उनलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ ।