५ असोज, काठमाडौं । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ ।नेपाली टोली असोज ६ गते युएई प्रस्थान गर्नेछ। नेपाल राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला खेल्न यूएई जाने भिसा पाएको छ।नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ति जारी गरेर खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको हो ।
यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आयो