आज जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ ।
१८ बुँदे माग राखेर हड्तालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू अन्योलमा परेका छन् । निजी विद्यालयका छाता संस्थाहरूले सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेका छन् ।
हड्ताल घोषणा गर्ने युनियन नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठनले निजी विद्यालयले लिइरहेको शुल्कमा ५० प्रतिशत घराउन माग गरेको छ ।