ब्रिटिश कलेज झमेलामा, विद्यार्थी अन्दोलानमा

काठमाडौं : केही दिन देखि ब्रिटिश कलेजमा इन्टर्नशीपको विषयमा युएईमा विद्यार्थीहरूलाई अलपत्र पारेको भन्दै विवाद भइरहेको छ।

थापाथलीमा रहेको ब्रिटिश कलेजले हस्पिटालिटी विषयमा एक वर्षको ‘फाउन्डेसन कोर्स’ (नन-क्रेडिट)को अनुमति लिए पनि वैध कोर्स भन्दै विद्यार्थीलाई झुक्याएर रकम ठगी गरेको विद्यार्थीहरू ले आरोप लगाएका छन। विद्यार्थीहरूले  शिक्षा मन्त्रालयमा निवेदन दिएपछि मन्त्रालयले यसबारे छानबिन गर्न समिति नै गठन गरेको छ। कलेज प्रशासनले भने विज्ञप्तिमार्फत आफूहरूले मन्त्रालयबाट अनुमति लिएर अध्ययन गराइरहेको दाबी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *