२५ पुस, काठमाडौं । मंत्री बब्लु गुप्ताको अमेरिका भ्रमण सम्बंधित विवादमाँ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिका बोलेको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)ले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रष्ट्याएको छ ।
मन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भएका बेला परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गरेर अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका हुन् ।