भरतपुर स्काउटमा पुर्व आयुक्त टिमको दादागिरी, ईमेल हस्तान्तरण गर्न आनाकानी

भरतपुर, चितवन ।

नेपाल स्काउट, भरतपुरका पुर्व आयुक्तको टिमले नया आयुक्तलाई भरतपुर स्काउटको ईमेल र सामाजिक संजाल लगायतको पहुँच बाट टाडा राखेको छ ।

पुर्व आयुक्त शिब प्रसाद बरालले आफ़नो कार्यकालमा उनको विद्यार्थीलाई सामाजिक संजाल र ईमेलको ज़िम्मा दिएका थिए ।

बरालले राजिनामाँ दिएसी मेयर रेणु दाहालले उपेंद्र घिमिरेलाई स्थानीय पालिका प्रमुखमा नियुक्ति दिनु भएको थियो । राजीनामा दिए पश्चात सामाजिक संजालहरू हस्तांतरण गरेका थिएनन । हाल घिमिरे स्वास्थ्य लाभ गरिरहेकाले पालिकाको आयुक्तमा सोहम केसीलाई कार्यवाकको जिम्मा दिएको छ ।

सोहम केसीले सामाजिक संजाल चलाएमान र सवै सूचना एकीकृत गर्नको लागी सामाजिक संजाल र ईमेल पहुँचको लागी आकाश न्यौपानेलाई अनुरोध गर्दा दिन इनकार गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *