काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शनाको जित पक्का भएको छ। रञ्जु दर्शनाले गन्न बाँकी रहेको कुल मतभन्दा बढीको अग्रता बनाएपछि गणितीय रूपमै उनको जित सुनिश्चित भएको हो।
काठमाडौं-१ मा यसपटक कुल २९ हजार ८०२ मत खसेको थियो। जसमध्ये हालसम्म २३ हजार २२७ मत गणना भइसकेको छ। अब जम्मा ६ हजार ५७५ मत मात्र गन्न बाँकी छ। रञ्जु दर्शना र दोस्रो स्थानमा रहेको कांग्रेसबीचको मतान्तर नै ६ हजार ८६२ पुगिसकेको छ।