सरकारले दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा गरेको छ। सरकारले ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ मार्फत शैक्षिक संस्थामा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने घोषणा गरेको छ । सरकारको यो योजनाअनुसार अबको ६० दिनभित्र शिक्षण संस्थाहरूबाट दलीय आधारमा बनेका सङ्गठनका संरचनाहरू हटाइनेछ। सरकारको यो योजनाअनुसार अबको ६० दिनभित्र शिक्षण संस्थाहरूबाट दलीय आधारमा बनेका सङ्गठनका संरचनाहरू हटाइनेछ। अब विद्यार्थीको हकहित र भावनालाई सही ढङ्गले प्रतिनिधित्व गराउन आगामी ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता संयन्त्रहरूको विकास गरिने सरकारले जनाएको छ।
दलीय विद्यार्थी सङ्गठन हटाउने बालेन सरकारको घोषणा