काठमाडौं । नेपाल स्काउटका स्काउटरहरुले जेभियर एकेडेमीका सन्चालक एवम केपी ओली निकट ब्यापारी लोक बहादुर भण्डारीले स्काउटमा गुण्डागर्दी गरेको आरोप लगाएका छन। आन्दोलनरत स्काउटरहरुले भुत्पुर्व प्रधानमन्त्री केपी ओली निकट मानिने ब्यापारी नेपाल स्काउटका सन्योजक लोक बहादुर भण्डारीले नेपाल स्काउटमा चरम राजनीति, भ्रस्टचार र बेथिती गरेको आरोप लगाएका छन।
आन्दोलनरत स्काउटरहरुले तत्कालिन प्रधानमन्त्री केपी ओलीको आडमा नेपाल स्काउटमा चरम राजनीति गरेको आरोप लगाएका छन। लैनचौर स्थित नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको प्राङगणमा शान्तिपूर्ण भेला र छलफल गर्न भेला हुँदै गर्दा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले निषेधको राजनिती गरी प्रहरी प्रशासनको प्रयोग गरी प्रबेश गर्न रोक लगाएको भन्दै चर्को बिरोध गरेका छन।
लोक बहादुर भण्डारीले टोले गुण्डाहरु प्रयोग गरी स्काउटरहरुलाई प्रबेश गर्न बाट रोक लगाएको स्काउटर अमरदिप भट्टराईले जानकारी दिएका छन।