नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको फेला परेको छ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रिया मार्फत ६० लाख साधारण शेयर निष्कासनको तयारी गरिरहेको छ। साउदकी श्रीमती सुशीलाकुमारी बोहराको नाममा १० हजार कित्ता हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा सर्वोत्तम सिमेन्ट लिमिटेडका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएका विवरणमा देखिएको छ । बोनसपछि बोहराको नाममा रहेको शेयर संख्या ११ हजार ९१२ पुगेको छ।