कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गरेको भन्दै गगन थापाले प्रश्न गरेका छन

कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गरेको भन्दै गगन थापाले प्रश्न गरेका छन । कोरोना महामारी संक्रमण बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

तर कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित गरे पनि अन्य परीक्षा भने सन्चालन हुने भएका छन।

त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेका परीक्षमा विद्यार्थी संख्या न्यून भएका कारण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत बि.एस.सी.सी.एस.आई.टी को तेस्रो वर्ष छैठौ शत्रको परिक्षा केन्द्र पनि सार्वजनिक गरेको छ ।

गगन थापाले सामाजिक सन्जाल फेस्बुकमा प्रधानमन्त्रीज्युलाई कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गरेको भन्दै प्रश्न गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *