१६ भदौ, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् ।
एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका कृष्णप्रसाद खनालअष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका थिए ।
बागमती प्रदेशका १२ सांसदले एमाले परित्याग गरी एकीकृत समाजवादी रोजेपछि विगतमा माधव नेपाल खेमामै रहेकी मुख्यमन्त्रीअष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ ।