चितवन, असोज ४ । चितवनको भरतपुरमा रहेको नेपाल पोलिटेक्निक कलेजले अनलाइन कक्षाको नाममा चर्काे शुल्क मागेको भन्दै विगत एक हप्ता अघिदेखि विद्यार्थीहरु आन्दोलन गरिरहेका छन् । दैनिक जसो नाराबाजी गरिरहेका उनीहरुले कलेज प्रशासनमा तालाबन्दी समेत गरेका छन् ।
एनपीआइ कलेजले अनलाइन कक्षा सञ्चालनको नाममा चर्को शुल्क लिएको भन्दै बिगत १६ दिन अघिदेखि २५ प्रतिशत शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुले आज (सोमबार) विद्यार्थीहरुले भोजाडमा रहेको कलेज भवनदेखि विशालचोक हुदै भरतपुर १० कार्यालयसम्म बिरोध ¥याली निकालेर बिरोध प्रदर्शन गरे।
विद्यार्थीको धैर्यताको परीक्षा नलिन कलेज प्रशासनलाई चेतावनी समेत दिदै आन्दोलन अझ चर्काउने जानकारी दिएका छन।