काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को पदाधिकारी संख्या ३३ जना र २४३ सदस्यीय केन्द्रीय समिति हुने भएको छ ।साथै अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पञ्चा सिंह चयन भएकी छन्।
क्रान्तिकारी भित्र उमेरहद लगायने चर्चा चलेपनि हाललाई सो व्यवस्था कार्यान्वयन नहुने भएको छ । अहिले कुनैपनि उमेरहल लागू नहुने समझदारी बनेको छ बैठकमा सहभागि क्रान्तिकारीका एक नेताले भने ।अध्यक्ष पदका अन्य पाँच जना आकांक्षीलाई भने पार्टीको केन्द्रीय सदस्य बनाइएको छ।
तिलकराज भण्डारी, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत, दीपक देवकोटा र रञ्जित तामाङलाई केन्द्रीय सदस्य बनाइएको हो।
तस्बिर: राजेश लमिछाने सागर