काठमाडौंमा छात्रावास सञ्चालनका लागि महानगरको स्वीकृति अनिवार्य लिनुपर्ने
काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ। काठमाडौं महानागरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको हो।









